Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिका–८, मधुमारा स्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार साँझ ६ः३० बजे सो स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार पक्राउ परेकाहरूको साथबाट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरिएको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई हाल विराटनगर–८ बसोबास गर्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो गाउँपालिका–१ घर भई हाल सोही वडामा बस्ने ४३ वर्षीय शंकर थापा रहेका छन् ।
यस्तै, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङ कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।