कटहरीस्थित जय हनुमान आयल इन्डस्ट्रीजमा ग्यास लिकपछि आगलागी, तीन कामदार घाइते

Breaking Nepal

शनिबार ,कार्तिक २२ , २०८२ १३:३०

विराटनगर / मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान आयल इन्डस्ट्रीज प्रालिमा शुक्रबार राति ग्यास चुहावटपछि आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् ।

शुक्रबार राति करिब १२ः१० बजे फ्याक्ट्रीभित्र ग्यास लिक भएर आगो लागेको प्रहरी स्रोतले जनाएको छ। कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले करिब १२ः५५ बजे स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो ।

आगलागीमा परी भारतका ३० वर्षीय अर्जुन पण्डित, मोरङका २२ वर्षीय दिपक कामत र पर्सा, वीरगंजका २९ वर्षीय अलि आलम घाइते भएका छन् । पण्डित फ्याक्ट्रीका जनरल म्यानेजर हुन् । प्रहरीले जनाएको अनुसार पण्डित र कामतको अनुहार र हातखुट्टा जलेको छ भने अवस्था मध्यम छ । आलमको घाFटी र कपाल जलेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ । तीनै जनालाई तत्काल उपचारका लागि कोशी अस्पताल k7fOPsf] lyof] .

आगलागीबाट केही ग्यास सिलिन्डरमा क्षति पुगेको र अन्य क्षतिको विवरण संकलन भइरहेको df]/ª k|x/LsL k|jQmf sf]lknf r’8fnn] hfgsf/L lbOg\ .