विराटनगरमा हराएको सुनको बाला फेला, प्रहरीले धनीलाई सुरक्षित रूपमा बुझायो

Breaking Nepal

बिहीबार ,मंसिर ४ , २०८२ २२:४८

विराटनगर /  विराटनगर–११ स्थित पिचरा चोक नजिक हराएको सुनको बाला प्रहरीले फेला पारी असली धनीलाई बुझाएको छ ।

विराटनगर-११ की ३२ वर्षीया प्रतीक्षा कोइरालाले बिहान १०:०५ बजेतिर हातमा लगाएको झण्डै डेढ तोला बराबरको सुनको बाला हराएको भन्दै साँझ ५ बजे प्रहरी चौकी बखरीमा मौखिक जानकारी गराएकी थिइन् ।

उक्त जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण भट्टाराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । टोलीले आसपासका क्षेत्रका सिसिटिभी फुटेज समीक्षासहित खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानकै क्रममा विराटनगर–११ का ५३ वर्षीय सिटी चालक रामचन्द्र यादवको साथबाट उक्त बाला फेला पारिएको प्रहरी स्रोतले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी बरामद गरिएको सुनको बाला प्रहरी प्रशासनले आजै धनी प्रतीक्षा कोइरालालाई सुरक्षित रूपमा बुझाएको हो ।