एभरेष्ट सेकेण्डरी स्कुलाई महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि

Breaking Nepal

बुधबार ,फाल्गुन ६ , २०८२ २२:३४

विराटनगर / विराटनगर महानगरपालिकाश्री बाल मन्दिर आधारभूत विद्यालयको संयुक्त आयोजनामा सम्पन्न महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुल प्रथम भएको छ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा निजी तथा सामुदायिक गरी ६० विद्यालयको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा एभरेष्टले ५९ विद्यालयलाई पछि पार्दै उपाधि जितेको हो ।

प्रतियोगितामा आदर्श स्कुल दोस्रो, मदन नगर आधारभूत विद्यालय तेस्रो र बुढानिलकण्ठ स्कुल सान्त्वना स्थानमा रहे ।

प्रथम हुने एभरेष्टले नगद २१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । दोस्रो हुने आदर्शले १५ हजार, तेस्रो हुने मदन नगरले १२ हजार तथा सान्त्वना स्थान हासिल गर्ने बुढानिलकण्ठले ६ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

प्रतियोगितामार्फत विद्यार्थीको सामान्य ज्ञान, तार्किक क्षमता र प्रतिस्पर्धात्मक दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

विजेता विद्यालय र विद्यार्थीलाई विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।