Breaking Nepal

काठमाडौं / प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली पुनः विजयी भएका छन्। उनी ३ हजार ३०७ मत प्राप्त गर्दै दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकालीले ७५९ मत ल्याए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १६१ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन्।
मुस्ताङमा मतगणना सम्पन्न भइसकेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ। तर प्राप्त परिणामअनुसार कांग्रेसका गौचनको जित सुनिश्चित भएको हो।
कुल ११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यस पटक ६ हजार ३८८ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०७ मत बदर भएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका गौचनले यस पटक पनि आफ्नो जित दोहोर्याउँदै मुस्ताङमा कांग्रेसको पकड कायम राखेका छन्।