कुलमान घिसिङ पराजित गर्दै काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

Breaking Nepal

शुक्रबार ,फाल्गुन २२ , २०८२ २१:१३

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए ।

काठमाडौं–३ मा प्राप्त अन्तिम मतपरिणामअनुसार पाण्डेले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन् । यो परिणामसँगै उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति थप बलियो बनेको निर्वाचन विश्लेषकहरूले बताएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी पाण्डेलाई समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका छन् ।