काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीको फराकिलो जित

Breaking Nepal

शुक्रबार ,फाल्गुन २२ , २०८२ २३:१२

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले तीन हजार ९८२ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए ।

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका पराजुलीले ठूलो मतान्तरसहित जीत सुरक्षित गरेका हुन् । काठमाडौं–७ मा रास्वपाको यो जितलाई नयाँ राजनीतिक शक्तिप्रति मतदाताको समर्थनका रूपमा समेत हेरिएको छ ।