एकैदिन सुन ३८ सयले उकालो, तोलाको मूल्य ३ लाख १७ हजार पुग्यो

Breaking Nepal

मंगलबार ,फाल्गुन २६ , २०८२ १२:२१

काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढ्दै ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै आन्तरिक बजारमा पनि सुनको भाउ उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

यता चाँदीको मूल्य पनि एकैदिन उल्लेख्य बढेको छ। मंगलबार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै चाँदीको मूल्य एकैदिन करिब ५.७ प्रतिशतले वृद्धि भएको देखिन्छ। व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपू