नगर प्रहरीद्वारा खाल्डोमा फसेको साँढे गोरुको उद्धार

Breaking Nepal

आइतबार ,चैत्र १ , २०८२ १४:५३

विराटनगर / विराटनगर महानगरपालिकाको नगर प्रहरीले साँढे गोरुको उद्धार गरेको छ । वडा नं. ४ को कार्यालय पछाडिको खाल्डोमा फसेको साँढे गोरु आफैं निस्किन नसकेपछि नगर प्रहरीले जेसीबीको सहयोगबाट उद्धार गरेको हो ।

नगर प्रहरीका नावय निरीक्षक तीर्थजंग खत्रीका अनुसार उद्धारको क्रममा गोरुलाई सुरक्षित निकालिएको र त्यसपछि संरक्षणका लागि विराटनगर–१४ स्थित गौ सेवा सदन पुर्याइएको छ ।

स्थानीय बासिन्दा र कार्यालयका कर्मचारीहरूले उद्धार कार्यमा प्रहरीसँग सहकार्य गरेका थिए । नगर प्रहरीले आगामी दिनमा यस्ता घटनामा तत्काल सहायता पुर्याउने प्रतिबद्धता पनि जनाएको छ ।