Breaking Nepal

काठमाडौं / जेनजी आन्दोलन दमन प्रकरणमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा निकाय सक्रिय भएका हुन्। सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।
प्रहरीले प्रारम्भमा लिखित आदेश मागेपछि मध्यराति कानुन मन्त्रालयका सचिवलाई प्रहरी प्रधान कार्यालय बोलाइएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ।