Breaking Nepal

विराटनगर / विराटनगर–५ मा अवस्थित एभरेष्ट कलेजले कक्षा ११ मा नयाँ भर्नाका लागि जेठ ४ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । २०८२ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै कलेजले विज्ञान र व्यवस्थापन संकायमा सीमित सिटमा भर्ना खुलाएको जनाएको छ ।
कलेजका अनुसार यस वर्ष विज्ञान संकायमा १४० र व्यवस्थापन संकायमा ७० गरी कुल २१० जना विद्यार्थी मात्र भर्ना गरिनेछ । दुवै संकायको प्रवेश परीक्षा जेठ ४ गते बिहान ११ बजेदेखि सञ्चालन हुने भाइस प्रिन्सिपल टीएन भण्डारीले जानकारी दिए ।
कलेजले प्रत्येक कक्षामा अधिकतम ३५ जना विद्यार्थी मात्र राखेर अध्यापन गराउँदै आएको जनाएको छ । विद्यार्थी संख्याभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै सीमित सिटको अवधारणा लागू गरिएको कलेजको भनाइ छ ।
कोशी प्रदेशकै सुविधासम्पन्न शैक्षिक संस्थामध्ये आफूलाई स्थापित गरिसकेको एभरेष्टले विद्यालय तहदेखि नै न्यूनतम विद्यार्थी संख्यामा गुणस्तरीय अध्यापन गर्दै आएको दाबी गरेको छ ।
यसैबीच, २०८२ सालको एसईई परीक्षामा पनि कलेजले उल्लेखनीय नतिजा हासिल गरेको जनाएको छ । परीक्षामा सहभागी १९३ विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् । कलेजका अनुसार न्यूनतम ३.२५ देखि ४ जीपीएसम्म ल्याएर विद्यार्थी उत्तीर्ण भएका हुन् ।
नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने १७ विद्यार्थी रहेका छन् ।
कलेजका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टमा विद्यार्थीको सिकाइ र बुझाइमा सन्तुलन कायम गरिएको बताउँदै ‘केही अत्यन्त कमजोर र केही अत्यन्त उत्कृष्ट’ हुने अवस्था नरहने दाबी गरे । उनका अनुसार एभरेष्टले निरन्तर गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आफ्नै शैक्षिक पहिचान निर्माण गरेको छ ।
कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै आधुनिक र व्यवहारिक शिक्षामा जोड दिँदै आएको जनाएको छ । बेलायतको एनसीसी कोर्स लागू गरेको एभरेष्टले अन्तर्राष्ट्रियस्तरको शिक्षा विराटनगरमै उपलब्ध गराउने लक्ष्यसहित पूर्वाधार र प्रविधिमा लगानी बढाइरहेको छ ।
वातानुकूलित कक्षाकोठा, प्रविधिमैत्री सिकाइ प्रणाली तथा विश्वस्तरीय शैक्षिक वातावरणमार्फत एभरेष्टले आफूलाई आधुनिक शिक्षाको ‘ब्रान्ड’ का रूपमा उभ्याउँदै लगेको जनाएको छ ।