कक्षा १२ को नतिजामा अरनिकोको ऐतिहासिक सफलता : ७ विद्यार्थीले ल्याए सर्वोत्कृष्ट ३.९६ ग्रेड अंक

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ १९:१५

विराटनगर / विगत वर्षहरूमा झैँ उत्कृष्ट शैक्षिक नतिजाको परम्परालाई निरन्तरता दिँदै विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालय (अरनिको प्लस टु) ले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका ७ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ ग्रेड अंक प्राप्त गर्दै संस्थाको गौरवलाई थप उचाइमा पुर्‍याएका छन् ।

प्रकाशित नतिजाअनुसार विद्यालयका २१ जना विद्यार्थीले ३.९० देखि ३.९६ ग्रेड अंक, २८२ जना विद्यार्थीले ३.६१ देखि ३.८९ ग्रेड अंक, ५१५ जना विद्यार्थीले ३.२१ देखि ३.६० ग्रेड अंक, २३३ जना विद्यार्थीले २.८० देखि ३.२० ग्रेड अंक तथा ३१ जना विद्यार्थीले २.६० देखि २.७९ ग्रेड अंक प्राप्त गरेका छन् । यससँगै अरनिको प्लस टुका अधिकांश विद्यार्थी उत्कृष्ट तथा उच्च श्रेणीका अंकसहित उत्तीर्ण भएका छन् ।

विद्यालयले विज्ञान, व्यवस्थापन तथा अन्य शैक्षिक धाराहरूमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । यस वर्षको नतिजाले पनि अरनिकोको शैक्षिक गुणस्तर, अनुशासित वातावरण, दक्ष शिक्षक टोली र विद्यार्थीमैत्री शिक्षण पद्धतिको पुष्टि गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य राजेश कार्कीले यस सफलताले सम्पूर्ण अरनिको परिवारलाई गौरवान्वित बनाएको बताए। ‘विद्यार्थीहरूको अथक मेहनत, अभिभावकहरूको विश्वास र शिक्षकहरूको समर्पणकै परिणामस्वरूप हामीले फेरि उत्कृष्ट नतिजा हासिल गरेका छौं,’ उनले भने, ‘सर्वोत्कृष्ट ३.९६ ग्रेड अंकसहित ठूलो संख्यामा विद्यार्थीले उच्च उपलब्धि हासिल गर्नु अरनिकोको शैक्षिक उत्कृष्टताको प्रमाण हो । आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अझ उत्कृष्ट परिणाम दिने हाम्रो प्रतिबद्धता छ ।’

पछिल्ला वर्षहरूदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको अरनिको प्लस टु अहिले कोशी प्रदेशकै प्रतिष्ठित, विश्वासिलो र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ । शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक तथा विद्यार्थी केन्द्रित वातावरणका कारण अरनिको हजारौँ विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्दै आएको छ ।

यस वर्षको कक्षा १२ को नतिजाले अरनिकोले शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सशक्त बनाएको छ भने आगामी दिनमा पनि नयाँ कीर्तिमान कायम गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ ।