बाढी, पहिरो र डुबानबाट जोगिने उपायहरु यस्ता छन्

Breaking Nepal

शनिबार ,असार ६ , २०८३ ०८:५०

🌧️ बाढीबाट बच्ने प्रभावकारी उपायहरू

✅ नदी, खोला तथा तटीय क्षेत्रमा वर्षायाममा बसोबास नगर्ने।

✅ बाढी आएको बेला होचो तथा डुबान हुने क्षेत्रमा नजाने।

✅ बाढीको बहाव भइरहेका स्थानमा आवतजावत नगर्ने।

✅ बाढीको सूचना तथा पूर्वानुमान नियमित रूपमा सुन्ने र हेर्ने।

✅ बाढी पूर्वानुमान शाखाको निःशुल्क नम्बर ११५५ मा सम्पर्क गरी आवश्यक जानकारी लिने।

✅ स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारमाध्यमबाट जारी गरिएका चेतावनीको पालना गर्ने।

✅ आकस्मिक अवस्थामा सुरक्षित र अग्लो स्थानतर्फ तत्काल सर्ने।

⛰️ पहिरोबाट बच्ने प्रभावकारी उपायहरू

✅ लगातार वर्षा भइरहेका बेला भिरालो तथा जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउने।

✅ पहिल्यै पहिरो गएको स्थानमा पुनः घर निर्माण वा बसोबास नगर्ने।

✅ घर वरिपरि वा जमिनमा चिरा देखिए तुरुन्त सुरक्षित स्थानमा सर्ने।

✅ २४ घण्टा वा सोभन्दा बढी समय लगातार पानी पर्दा जोखिमयुक्त घरमा नबस्ने।

✅ रातिको समयमा विशेष सावधानी अपनाउने, किनकि धेरै पहिरो राति जाने गर्छन्।

✅ परिवारका सदस्यहरू समूहमा बस्ने र आपत्कालीन योजना तयार राख्ने।

✅ घरमाथिबाट बग्ने पानीको उचित निकासको व्यवस्था गर्ने।

✅ जमिन चिरिएको ठाउँमा पानी पस्न नदिने व्यवस्था मिलाउने।

🚧 मानव सिर्जित जोखिम कम गरौँ

✅ अव्यवस्थित सडक निर्माण, जथाभावी डोजर प्रयोग र खानी उत्खनन नगर्ने।

✅ विकास निर्माण अघि भौगर्भिक अध्ययन गर्ने।

✅ पानीको प्राकृतिक बहाव अवरुद्ध नहुने गरी संरचना निर्माण गर्ने।

✅ वन विनाश रोक्ने र भू–क्षय नियन्त्रणका लागि वृक्षारोपण गर्ने।

📢 विपद् पूर्वतयारीका लागि

✅ मौसम तथा विपद् सम्बन्धी सूचना नियमित रूपमा प्राप्त गर्ने।

✅ स्थानीय तह, विपद् व्यवस्थापन समिति र सूचना केन्द्रसँग सम्पर्कमा रहने।

✅ सम्भावित जोखिम क्षेत्रको पहिचान गरी सुरक्षित स्थानको जानकारी राख्ने।

✅ आपत्कालीन सामग्री ९टर्च, औषधि, खानेपानी, आवश्यक कागजात० तयार राख्ने।

✅ जोखिम देखिएमा छिमेकी र समुदायलाई समयमै सूचना दिने।