Breaking Nepal

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को अन्तिम समयमा भुक्तानी तथा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सूचना जारी गर्दै असार २७ र २८ गते पर्ने सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म निरन्तर सञ्चालन हुने जनाएको छ।
चालु आर्थिक वर्षको अन्तिम चरणमा सरकारी तथा निजी क्षेत्रका उच्च मूल्यका भुक्तानी र वित्तीय कारोबारमा सहजता ल्याउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
आरटीजीएस प्रणालीमार्फत उच्च मूल्यका रकम तत्काल र सुरक्षित रूपमा एक बैंकबाट अर्को बैंकमा स्थानान्तरण गर्न सकिन्छ। आर्थिक वर्षको अन्त्यमा सरकारी राजस्व, संस्थागत भुक्तानी तथा अन्य वित्तीय कारोबारको चाप बढ्ने भएकाले राष्ट्र बैंकले बिदाका दिन पनि सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






