Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूका लागि लेबी निर्धारण गर्दै संगठनात्मक अनुशासन सुदृढ बनाउने कदम अघि बढाएको छ।
बिहीबार सिंहदरबार मा बसेको संसदीय दलको बैठकले पार्टी आबद्ध जनप्रतिनिधिहरूबाट नियमित लेबी संकलन गर्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी ले जानकारी दिए।
पारित प्रस्तावअनुसार सांसदहरूले मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ। यस व्यवस्थालाई पार्टीको आर्थिक स्रोत सुदृढीकरण र आन्तरिक व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको जनाइएको छ।
यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ। आगामी दिनमा सांसदहरूलाई पनि स्वकीय राख्न दिने व्यवस्था लागू भएमा उनीहरूका स्वकीयका हकमा समेत सोही दरमा लेबी लागु गरिने निर्णय गरिएको छ।