धादिङबेँसीमा एसईईको तयारीको लागि रेडियो मार्फत ‘ प्रबिधि ‘ को उच्च प्रयोग गर्दै

धादिङबेँसीमा एसईईको तयारीको लागि रेडियो मार्फत ‘ प्रबिधि ‘ को उच्च प्रयोग गर्दै

धादिङबेँसीबाट सञ्चालनमा भइरहेको रेडियो धादिङ १०६ मेगाहर्जले शनिबारदेखि एसईई तयारी कक्षा सञ्चालन गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला विद्यार्थीको एसईई परीक्षालाई मध्यनजर गरी रेडियोबाटै परीक्षाको तयारी शुरू गरेको हो ।

एसईई परीक्षाको तयारीलाई निरन्तरता दिँदै बन्दाबन्दीको समयमा अध्ययन गर्ने बानीलाई थप प्रोत्साहित गर्ने, बन्दाबन्दीका बेला परीक्षाको मिति कुरेर बसेका विद्यार्थीको पढाइलाई फाइदा पुगोस् भन्ने उद्देश्यले तयारी कक्षा सञ्चालन गरेको स्टेसन म्यानेजर राजाराम शर्माको भनाइ छ ।

रेडियो धादिङबाट अनिवार्य तथा ऐच्छिक गणित, अङ्ग्रेजी, विज्ञान र नेपाली विषयको कक्षा १० मा अध्यापनरत शिक्षकबाट बिहान र बेलुकाको समयमा पढाइ भइरहेको छ ।

Check Also

प्राध्यापक संघ द्वारा त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग !!

प्राध्यापक संघले त्रिवीका आंशिक शिक्षकलाई तत्काल व्यवस्थापनको माग गर्दै एक बिज्ञप्ति जारि गरेको छ ! …

Leave a Reply

Your email address will not be published. Required fields are marked *