आखिरी को-को छन् माधव नेपाल नेतृत्वको मन्त्रिमण्डलकाे लिष्टमा ?

आखिरी को-को छन् माधव नेपाल नेतृत्वको मन्त्रिमण्डलकाे लिष्टमा ?
काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सल्लाह नै नगरी एकलौटी निर्णय गर्न थालेपछि उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाएर अर्का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको निर्णय भैंसीपाटी भेलाले यस अघिनै गरिसकेको छ ।

पार्टी सचिवालय र स्थायी कमिटीमा ओली इतरको बहुमत रहेकाले बहुमतबाट ओलीलाई फिर्ता गर्नेसम्मको तयारी भएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश पार्टीका नेताहरुसँग छलफल नै नगरी ल्याएकाे र त्यसले पार्टी र सरकारकाे छवि बिग्रिएकाे भन्दै पार्टीका अधिकांश नेताहरू ओलीप्रति रुष्ट छन् ।

सचिवालय बैठकमा उनी विरुद्ध स्पष्ट बहुमत पुगेको छ भने स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको राजीनामा माग गर्नेसम्मको तयारी भएको छ ।

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यको बैठकले तत्काल प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी छ ।

श्रोतका अनुसार प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी बैठकले माधव नेपाल नेतृत्वमा बन्ने सरकारको मन्त्रीमण्डलको लिस्ट समेत तयार पारेको छ ।

नेकपाकाे ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धकाे पंक्तिमा ३२ जना रहेकाे स्थायी समितिले सहज रूपमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्ने, स्थायी समितिले गरेकाे आग्रह नमानेमा केन्द्रीय समिति तत्काल बाेलाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बाेलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएकाे प्रचण्ड निकट स्राेतले बताएको छ ।

अब बन्ने मन्त्रीमण्डलमा प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्रीमा सुरेन्द्र पाण्डे, गृहमन्त्री जनार्दन शर्मा, उद्याेग मन्त्री साेमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल सहित रहने छन्।

यसको यात्रा अब बस्ने नेकपाको स्थायी समिति बैठकले तय गर्ने नेकपा श्रोतले बताएको छ।

Share this:

Check Also

राजु थापा ज्यू (COVID-19)HERO AWARD बाट सम्मानित !!

अमेरिका स्थित(Hami Nepali Global) द्वारा बिश्व महामारी (COVID-19)मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *