कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ ।

आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् ।

कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।

Check Also

आठ घण्टा भइसक्यो बहिनीको निधन भएको, फोन गरेर बोलाउंदा पनि मलामी कोहि आएनन् !

काठमाडौंको एक अस्पतालमा बहिनीको निधन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *