Breaking Nepal

काठमाडौं — सामाजिक सञ्जालको प्रयोग गरी ग्राहक खोज्ने र विभिन्न होटलमा यौनजन्य गतिविधि गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फेसबुक, ह्वाट्सएप लगायतका डिजिटल माध्यम प्रयोग गरेर ग्राहकसँग सम्पर्क स्थापित गर्ने, युवतीहरूको तस्बिर तथा भिडियो देखाई रकमको सहमति गराउने र त्यसपछि विभिन्न होटलमा भेटघाटको व्यवस्था मिलाउने गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
अनुसन्धानका क्रममा गौशाला क्षेत्रको शम्भुमार्ग तथा बत्तीसपुतली आसपासका होटलहरूमा यस्ता गतिविधि सञ्चालन हुँदै आएको खुलेको प्रहरीले जनाएको छ। ग्राहक र युवतीबीच सम्पर्क तथा आवतजावतको व्यवस्थापनका लागि ट्याक्सी र निजी सवारी साधनसमेत प्रयोग गरिएको पाइएको छ।
पक्राउ परेकामध्ये होटल व्यवसायी तथा अन्य केही पुरुषहरू रहेका छन् भने १२ जना महिलालाई पनि नियन्त्रणमा लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.




