Breaking Nepal

विराटनगर / विराट साहित्य संगमले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्दै आएको नियमित साहित्यिक शृङ्खलाको २३८औँ संस्करण शनिबार विराटनगरस्थित राष्ट्रसेवक सहकारीको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि तथा प्रा. डा. मेदिनी शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा प्रा. डा. मीनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाईं, भीमेन्द्रबहादुर कार्की, एकनाथ ढकाल, चन्द्रकान्त भट्टराई, कविता केशरी, जमुना पौडेल, शान्ता कर्ण, सरीता तुलाधर, सुजाता राई, सरीता प्रसाईं, नानुमैया दाहाल, कविता भट्टराई, अम्बिका खरेल, कुमार प्रधान, गोविन्द भगत, केशव रिजाल, अर्जुन नेपाल, उमानाथ घिमिरे, भूपाल अधिकारी, ऋषि तिवारी, किरण अन्जान, रोहणी रसिक, शारदा भट्टराई, गोपाल निर्भीक, हरिप्रसाद बराल र शैलेन घिमिरेलगायतले कविता, गजल तथा अन्य साहित्यिक सिर्जना वाचन गरेका थिए ।
गोष्ठीमा प्रा. डा. हरिहर भण्डारी, सीमा आभास, सुमन पोखरेल, सेमन्त भट्टराई, अर्जुन ढुंगानालगायत साहित्यप्रेमी तथा स्रष्टाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा सहभागीता प्रोत्साहन पुरस्कार वितरण गरिएको थियो । नगेन्द्रमणि न्यौपाने, विन्ध्या न्यौपाने र निरजकुमार खतिवडाको सहयोगमा प्रदान गरिएको उक्त पुरस्कार गोला प्रथामार्फत छनोट गरिएका सहभागीमध्ये कुमार प्रधान र नानुमैया दाहाललाई प्रदान गरिएको आयोजकले जनाएको छ ।
विराट साहित्य संगमले निरन्तर सञ्चालन गर्दै आएको मासिक साहित्यिक शृङ्खलाले पूर्वी नेपालमा साहित्यिक गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको सहभागीहरूले बताएका छन् ।