अमेरिका–इरान शान्ति सम्झौता २४ घन्टाभित्र टुंगिन सक्ने, मध्यस्थतामा पाकिस्तान सक्रिय

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ ०८:०६

काठमाडौं / अमेरिका र इरानबीच जारी कूटनीतिक पहल निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। पाकिस्तानका प्रधानमन्त्री क्जभजदबश क्जबचषले आगामी २४ घन्टाभित्र दुवै देशबीच शान्ति सम्झौताले अन्तिम रूप लिन सक्ने बताएका छन्।

प्रधानमन्त्री शरिफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरान प्रारम्भिक मस्यौदामा सहमत भइसकेको उल्लेख गर्दै विद्युतीय हस्ताक्षरका लागि पाकिस्तान तयारी अवस्थामा रहेको बताएका छन्। उनका अनुसार सम्झौतापछि अर्को साता प्राविधिक तहमा थप वार्ता सञ्चालन हुनेछ।

शरिफले प्रस्तावित समझदारीलाई दीर्घकालीन क्षेत्रीय स्थायित्व र शान्तिको आधारशिला बन्न सक्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्। अप्रिल ७ मा भएको युद्धविरामपछि शान्ति प्रक्रियामा पाकिस्तानले सक्रिय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ भने पछिल्लो समय कतार पनि वार्तामा संलग्न छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै पक्ष युद्ध अन्त्य र प्रारम्भिक राजनीतिक समझदारीका मुख्य बुँदामा सहमतिनजिक पुगेका छन्। अमेरिकी पक्षले पनि केही दिनभित्र औपचारिक हस्ताक्षर हुन सक्ने संकेत दिएको छ।

इरानका विदेशमन्त्री ब्ददबक ब्चबनजअजष्ले पनि सम्झौता निकट पुगेको बताएका छन्। उनले प्रारम्भिक सहमतिमा केही परिमार्जन हुन सक्ने सम्भावना औंल्याउँदै हालको द्वन्द्वबाट इरान मजबुत अवस्थामा बाहिरिएको दाबी गरेका छन्।

हर्मुज जलमार्ग खुल्ने, प्रतिबन्ध खुकुलो हुने सम्भावना

रोयटर्सका अनुसार प्रस्तावित समझदारीपत्रमा रणनीतिक रूपमा महत्वपूर्ण क्तचबष्त या ज्यचmगश पुनः सञ्चालनमा ल्याउने र इरानी बन्दरगाहमाथि लगाइएका अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको छ। युद्धपश्चात इरानले हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले क्षेत्रीय समुद्री गतिविधिमा कडाइ गरेको थियो।

सम्झौताअनुसार अमेरिकाले इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति क्रमशः फुकुवा गर्ने तथा तेल निर्यातसम्बन्धी केही प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव गरेको बताइएको छ। बदलामा इरानले अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि हर्मुज जलमार्ग खुला गर्नेछ।

आणविक कार्यक्रम र युरेनियम विवाद यथावत्

यद्यपि इरानको आणविक कार्यक्रम र उच्च समृद्ध युरेनियमको व्यवस्थापनबारे दुवै पक्षबीच मतभेद कायम रहेको बताइएको छ। अमेरिकाले इरानलाई परमाणु हतियार विकासबाट पूर्ण रूपमा रोक्नुपर्ने अडान राख्दै आएको छ भने तेहरानले त्यसलाई स्वीकार गरेको छैन।

त्यस्तै करिब ४०० किलो उच्च समृद्ध युरेनियमको स्वामित्व र व्यवस्थापनबारे पनि सहमति जुट्न बाँकी छ। अमेरिकाले उक्त सामग्री हस्तान्तरण गर्नुपर्ने माग राखेको छ भने इरान त्यसप्रति सकारात्मक देखिएको छैन।

स्रोतहरूका अनुसार यी संवेदनशील विषयलाई मुख्य शान्ति सम्झौताबाट अलग राखेर छुट्टै वार्तामार्फत समाधान खोज्ने प्रस्ताव गरिएको छ। साथै युद्ध क्षतिपूर्ति, इरानको क्षेप्यास्त्र कार्यक्रम र त्यससँग सम्बन्धित अमेरिकी प्रतिबन्धसम्बन्धी विषय पनि आगामी छलफलको एजेन्डामा रहनेछन्।

कूटनीतिक तहमा आशावाद बढे पनि अन्तिम क्षणमा उत्पन्न हुन सक्ने राजनीतिक वा सैन्य घटनाक्रमले सम्झौता प्रक्रियालाई प्रभावित पार्न सक्ने जोखिम भने अझै बाँकी रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको आकलन छ।