विराटनगरमा दाहाल–नेपाल–कोइराला भेट, समसामयिक राजनीतिमा छलफल

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ ११:०३

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम तथा आगामी राजनीतिक समीकरणका विविध पक्षमा छलफल भएको जनाइएको छ ।
राजनीतिक वृत्तमा पछिल्ला घटनाक्रम तीव्र रूपमा विकसित भइरहेका बेला तीन शीर्ष नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन ।
राजनीतिक संवादलाई निरन्तरता दिने उद्देश्यका साथ नेताहरूबीच विचार आदानप्रदान भएको डा. कोइरालाका सोकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।