Breaking Nepal

लुम्बिनी– रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएका करिब २४ लाख रुपैयाँ बराबरका आईफोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रबाट २३ लाख ९० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका विभिन्न मोडलका आईफोन बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका मोबाइल आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।