Breaking Nepal

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘क’’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै ऋणपत्र खरिदका लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।
सूचनाअनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्।
सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गरी बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ३५ अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सकिनेछ। प्रस्तावित रकम ५ करोड रुपैयाँको गुणनफलमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ।