Breaking Nepal

कञ्चनपुर । गालीबेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट भण्डारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिल्ला अदालतले २०८२ साल चैतमा गालीबेइज्जतीसम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यसपछि उच्च अदालतले पुनरावेदनको सुनुवाइ गर्दै थप सात दिन कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जनाएको छ।
उक्त अदालतको अन्तिम फैसला कार्यान्वयन गर्ने प्रक्रियाअन्तर्गत भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।