Breaking Nepal

काठमाडौं– सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक छनोट गरी ऐनको दफा २२ (३) अनुसार नियुक्ति प्रक्रिया अघि बढाउन आवेदन मागिएको हो। यससम्बन्धी सूचना बुधबार पहिलो पटक सार्वजनिक गरिएको छ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक तथा छनोट सम्बन्धी कार्यविधि, २०८३ को दफा ७ उपदफा (१) अनुसार योग्य उम्मेदवारबाट दरखास्त मागिएको समितिले जनाएको छ।
इच्छुक उम्मेदवारले आवेदन फाराम, छनोट प्रक्रिया, आवश्यक योग्यता तथा स्वास्थ्य बीमा ऐन, २०७४ सम्बन्धी विस्तृत जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन्।
योग्यता पुगेका आवेदकले सम्बन्धित वेबसाइटबाट आवेदन फाराम र छनोट कार्यविधि डाउनलोड गरी तोकिएको प्रक्रिया अनुसार आवेदन दिन सक्नेछन्।