६ लाख घुससहित इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ १८:३५

विराटनगर / इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खड्कालाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट पक्राउ गरिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानअनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । काममा अनावश्यक दुःख तथा हैरानी दिएर रकम मागेको उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो ।

उजुरीपछि खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट घुसबापत लिएको ६ लाख रुपैयाँसहित खड्कालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ