लागूऔषधविरुद्ध प्रहरीको देशव्यापी कारबाही, विभिन्न जिल्लाबाट १७ जना पक्राउ

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ ०७:३७

काठमाडौं । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगर क्षेत्रबाट खैरो हेरोइनसहित पाँच जना तथा चन्द्रागिरि–२ नागढुंगाबाट नाइट्राजेपामसहित दुई जना पक्राउ परेका छन्। यस्तै, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी कैलालीबाट खैरो हेरोइनसहित चार जना र रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।