रास्वपा भोजपुरको नेतृत्वमा ख्याम भुजेल, प्रथम जिल्ला अधिवेशनबाट नयाँ समिति चयन

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ ११:२७

समाचार:
भोजपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट ख्याम भुजेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्दै पार्टीको संगठनात्मक नेतृत्वलाई पूर्णता दिएको हो।

नवनिर्वाचित समितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री तथा सह–सचिवमा अनिल बस्नेत चयन भएका छन्।

त्यसैगरी, जिल्ला कार्यसमितिको सदस्यमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) निर्वाचित भएका छन्।

अधिवेशनले निर्वाचन क्षेत्र (क) को उपसंयोजकमा राजनप्रसाद ढकाल तथा निर्वाचन क्षेत्र (ख) को उपसंयोजकमा उपेन्द्र कटवाललाई चयन गरेको छ।

नयाँ नेतृत्व चयनसँगै रास्वपा भोजपुरले जिल्लामा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।