Breaking Nepal

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार उनलाई फेरि गृह प्रशासनको जिम्मेवारी दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
यसअघि वर्तमान सरकारमै गृहमन्त्री रहेका गुरुङमाथि सम्पत्तिको स्रोत र विवरणबारे प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले उनको सम्पत्तिसम्बन्धी अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइसकेको छ ।
समितिको प्रतिवेदन प्राप्त भएपछि गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको सरकारी स्रोतले जनाएको छ । यद्यपि प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरिएको छैन ।