Breaking Nepal

काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाहरूमा बचत गरेका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश बचतकर्ता पाँच लाख रुपैयाँभन्दा कम बचत भएका साना बचतकर्ता रहेका छन्।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता तथा सोभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको जनाएको छ। उपलब्ध तथ्यांकअनुसार कुल बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको छ।
हालसम्म १ हजार ३१३ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरिसकेको समितिले जानकारी दिएको छ। बचत फिर्ता प्रक्रियालाई निरन्तरता दिइएको र बाँकी बचतकर्ताको रकम फिर्ताका लागि आवश्यक कार्य अघि बढिरहेको समितिको भनाइ छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.




