आज अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ ०८:१८

काठमाडौँ– संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ। अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा बिहान ८ बजेका लागि तय गरिएको छ।

अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य व्यवस्थाबारे अर्थमन्त्रीसँग छलफल गरिने कार्यसूची छ। साथै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने जनाइएको छ।

त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास प्रक्रियासम्बन्धी हालै उठेका प्रश्न र विवादका विषयमा छलफल गरिनेछ। समितिले सम्बन्धित निकायसँग आवश्यक जानकारी लिँदै विषयमा थप समीक्षा गर्ने अपेक्षा गरिएको छ।