मन्त्रिपरिषद् बैठक आज : सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक हुने तयारी

Breaking Nepal

शुक्रबार ,जेष्ठ २९ , २०८३ ०९:३३

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको हो ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । विभिन्न मन्त्रालयबाट प्रस्तुत एजेन्डामाथि समीक्षा गर्दै आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू लिइने अपेक्षा गरिएको छ ।

सरकारका नियमित कार्यसम्पादन, सेवा प्रवाह सुधार तथा विकास आयोजनासम्बन्धी प्रस्तावहरू समेत बैठकको कार्यसूचीमा समावेश हुन सक्ने स्रोतको भनाइ छ । मन्त्रिपरिषद् बैठकबाट हुने निर्णयहरू बैठक सम्पन्न भएपछि सार्वजनिक गरिनेछ ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, मन्त्रालयगत समन्वय र समसामयिक राष्ट्रिय मुद्दामा आवश्यक निर्णय लिन बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।