Breaking Nepal

कालीकोट । कालीकोटको महावै गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणको औपचारिक सुरुवात गरेको छ। शनिबार महावै–७ कोटखौलमा ३२ कोठे, साढे दुईतले भवनको शिलान्यास गरिएको हो।
लामो समयदेखि भाडाको भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले अब स्थायी प्रशासकीय भवन निर्माण अघि बढाएको हो। भवन निर्माणका लागि ५ करोड ५१ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ भने २०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो परियोजनामा सङ्घीय सरकारको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहनेछ। गाउँपालिकाले भवन निर्माणपछि स्थानीय सरकारका सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरेको छ।