कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ, सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १६:४२

काठमाडौं– कीर्तिपुरस्थित सुकुम्बासीका लागि बनाइएको होल्डिङ सेन्टरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भोजपुरको अरुण गाउँपालिका–३९ वर्षीय डम्बर तामाङलाई सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याएको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले सुविधा सहित अन्यत्र स्थानान्तरण हुन गरेको अनुरोधलाई अतिरञ्जित रूपमा प्रस्तुत गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।