Breaking Nepal

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले जनताका आधारभूत आवश्यकता र विकासका एजेन्डाभन्दा प्रचारमुखी गतिविधि तथा सस्तो लोकप्रियतामा बढी ध्यान दिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले अहिले जनताको प्राथमिकता भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको उल्लेख गरे। उनले प्रचारमुखी गतिविधिले देशलाई विकासको बाटोमा होइन, बरु पछाडि धकेल्ने चेतावनी दिए।
उनले प्रतिपक्षले उठाएका विषयलाई केवल आलोचनाको रूपमा नलिई सरकारले प्रभावकारी काम गरेर जवाफ दिनुपर्ने बताए। शाहीले सरकारका अपरिपक्व निर्णय र कार्यशैलीका कारण जनतामा सरकारप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको दाबी गरे।