नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा ७९.७४ अंकको उछाल, पुँजीकरण ३ प्रतिशतले बढ्यो

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ १६:३०

काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७९.७४ अंकले उकालो लाग्दै २६७७.५४ बिन्दुमा पुगेको छ। बजारमा व्यापक खरिद चाप देखिएसँगै शुक्रबार ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेमा आएको मजबुत सुधारसँगै बजारको कुल पुँजीकरण पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ, जसले नयाँ आर्थिक वर्षको सुरुआतमै लगानीकर्ताको मनोबल बलियो बनेको संकेत गरेको छ।

शुक्रबार कारोबारमा सहभागी कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको मात्रै मूल्य घट्यो। दुई कम्पनीको सेयर मूल्य भने अघिल्लो कारोबार दिनकै स्तरमा स्थिर रह्यो।

उपसमूहतर्फ अधिकांश सूचक हरियो रहँदा म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य दबाबमा देखिएको छ। उक्त उपसमूहको सूचक ०.०६ अंकले घटेको छ।