विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल कोशीमै अब्बल विकेभिएममा जेठ ३ गते प्रवेश परीक्षा सञ्चालन

Breaking Nepal

शुक्रबार ,जेष्ठ १ , २०८३ ०६:३९

विराटनगर / बाल कल्याण विद्या मन्दिर (विकेभिएम) पछिल्लो समय कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली, व्यवहारिक सिकाइ र राष्ट्रियस्तरका उपलब्धिका कारण यो संस्था विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो ।

विराटनगर–११ मा सञ्चालित यस संस्थाले परम्परागत घोकन्ते शिक्षण प्रणालीभन्दा फरक अभ्यासलाई प्राथमिकता दिँदै प्रयोगात्मक सिकाइ, परियोजना–आधारित अध्ययन, डिजिटल प्रस्तुति तथा प्रविधिमार्फत अभ्यासलाई संस्थागत गरेको छ । कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर गएर विद्यार्थीको व्यवहारिक क्षमता, नेतृत्व विकास र सिर्जनशील सोच अभिवृद्धिमा कलेजले विशेष ध्यान दिएको जनाएको छ ।

हाल कलेजमा कक्षा ११ र १२ अन्तर्गत व्यवस्थापन, विज्ञान तथा कम्प्युटर विज्ञान संकाय सञ्चालनमा छन् । दक्ष तथा अनुभवी शिक्षक टोली, आधुनिक प्रयोगशाला, प्रविधियुक्त कक्षाकोठा र विद्यार्थीमैत्री वातावरणका कारण शिक्षण सिकाइ प्रभावकारी बन्दै गएको कलेज प्रशासनको दाबी छ ।

शैक्षिक उपलब्धिका हिसाबले पनि कलेजले पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा प्रफेन यादव नेपाल दोस्रो बन्न सफल भएका थिए । त्यस्तै कक्षा १२ को बोर्ड परीक्षामा श्रीजन घिमिरे नेपाल प्रथम बन्न सफल भएका थिए ।

यसका साथै एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या पनि औसतभन्दा उल्लेखनीय रूपमा बढी रहेको कलेजले जनाएको छ । राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक परीक्षामा विद्यार्थीहरूले हासिल गरेको सफलताले संस्थाको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको कलेजको भनाइ छ ।

कलेजका प्रिन्सिपल रविन दाहालले विद्यार्थीलाई केवल परीक्षा केन्द्रित नभई जीवन उपयोगी शिक्षा दिनु संस्थाको मुख्य उद्देश्य रहेको बताए । ‘हामी विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने होइन, सक्षम, सिर्जनशील र प्रतिस्पर्धी नागरिक बनाउने दिशामा केन्द्रित छौं,’ उनले भने, ‘आधुनिक प्रविधिसहित व्यवहारिक र अनुसन्धानमुखी शिक्षाले नै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सक्छ ।’

उनका अनुसार कलेजले अतिरिक्त क्रियाकलाप, करियर–केन्द्रित सेमिनार, प्रशिक्षण तथा सार्वजनिक प्रस्तुति कार्यक्रमलाई समेत नियमित बनाउँदै आएको छ । यसबाट विद्यार्थीमा नेतृत्व क्षमता, उद्यमशीलता र आत्मविश्वास अभिवृद्धि भइरहेको दाबी गरिएको छ ।

कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीका लागि उज्ज्वल भविष्य निर्माण गर्ने भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको कलेजले जेठ ३ गते नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ । हरेक वर्ष विकेभिएममा अध्ययन गर्न चाहने विद्यार्थीको चाप बढ्ने गरेको प्रिन्सिपल दाहालको दाबी छ ।