आठ विश्वविद्यालयमा उपकुलपति सर्टलिस्ट सार्वजनिक, को–को परे सर्टलिस्टमा ?

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ २१:५३

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति (भीसी) नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार विभिन्न चरणका मूल्यांकनपछि योग्य ठहरिएका उम्मेदवारहरूको सूची सार्वजनिक गर्दै नियुक्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति छनोट गर्न ठूलो संख्यामा आवेदन परेका थिए। प्रारम्भिक छनोट, योग्यता मूल्यांकन तथा अनुभवका आधारमा छोटो सूची तयार पारिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयले उच्च शिक्षाको नेतृत्व चयनलाई पारदर्शी, प्रतिस्पर्धी र योग्यतामूलक बनाउन सर्टलिस्ट प्रक्रिया अघि बढाइएको बताएको छ । सर्टलिस्ट सार्वजनिक भएसँगै अब अन्तिम चरणको मूल्यांकन, प्रस्तुतीकरण तथा सिफारिस प्रक्रिया अघि बढ्नेछ, जसपछि सरकारलाई अन्तिम नियुक्तिका लागि नाम सिफारिस गरिनेछ ।

विश्वविद्यालयहरूमा नेतृत्व रिक्तता लामो समयदेखि देखिँदै आएको अवस्थामा नयाँ उपकुलपतिबाट शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, प्रशासनिक सुधार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विस्तार हुने अपेक्षा गरिएको छ। विशेषगरी उच्च शिक्षामा देखिँदै आएको नीति कार्यान्वयनको कमजोरी, शैक्षिक गुणस्तरमा गिरावट र संरचनागत सुस्ततालाई सम्बोधन गर्न सक्षम नेतृत्वको खोजीलाई यस प्रक्रियाले प्राथमिकतामा राखेको छ ।

सर्टलिस्ट सार्वजनिक भएसँगै शैक्षिक क्षेत्र र सरोकारवालाबीच चासो थपिएको छ । आगामी चरणमा हुने अन्तर्वार्ता तथा मूल्यांकनपछि विश्वविद्यालयहरूको नेतृत्वमा नयाँ अनुहार आउनेछ, जसले उच्च शिक्षाको दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सर्टलिस्टमा पर्नेहरुको नामावली –