परिवारसहित चितवनमा बालेन, फेसबुक पोस्टमार्फत भने– ‘भिजिट चितवन, न्यानो ठाउँ’

Breaking Nepal

बुधबार ,असार १० , २०८३ ११:४३

काठमाडौं – बालेन्द्र शाह (बालेन)ले परिवारसहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै चितवनको आतिथ्यता र पर्यटन प्रवर्द्धन गरेका छन्।

चितवन भ्रमणका क्रममा बालेनले आफ्नी पत्नी सविना काफ्ले र छोरीसँग खिचिएको एक पारिवारिक तस्बिर फेसबुकमा पोस्ट गर्दै छोटो सन्देश लेखेका छन्, “भिजिट चितवन, न्यानो ठाउँ 🙂”।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरमा परिवारसँगको सहज र आत्मीय क्षण झल्किएको छ। व्यस्त कार्यतालिकाका बीच परिवारसँग बिताएको समयलाई उनले फेसबुकमार्फत साझा गरेका हुन्।

बालेनको पोस्टले चितवनको प्राकृतिक सौन्दर्य, स्थानीय आतिथ्यता र आन्तरिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रतिक्रिया दिएका छन्। परिवारसहितको उनको यो पोस्ट यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।