कांग्रेस धनकुटाद्वारा स्वर्गीय चन्द्रकुमार राईप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारलाई समवेदना

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १६:४१

धनकुटा / नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका–७ स्थित जिरो पोइन्टमा स्वर्गीय चन्द्रकुमार राईको तेस्रो पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
स्वर्गीय राई धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष तथा जिरो पोइन्ट टोल विकास संस्थाका अध्यक्ष दिलकुमार राईका पिता हुन्। कार्यक्रममा सहभागी कांग्रेस नेताहरू तथा स्थानीय जनप्रतिनिधिहरूले स्वर्गीय राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोष राई, जिल्ला सदस्य एवं वडा नं. ७ का अध्यक्ष रोशेष श्रेष्ठ, वडा कार्यसमितिका सचिव उर्गेन शाक्य, पूर्व प्रहरी सङ्घ धनकुटाका उपाध्यक्ष पूर्ण राउत, रामबहादुर रसाइलीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
उनीहरूले नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष तथा नगर कार्यपालिका सदस्य दिलकुमार राई, फुलमाया राई, अनन्त राईलगायत परिवारका सदस्यलाई समवेदना व्यक्त गरेका थिए।
यसैबीच, जिरो पोइन्ट टोल विकास संस्थाको तर्फबाट पनि वडा अध्यक्ष रोशेष श्रेष्ठ, संस्थाकी उपाध्यक्ष आशा मुखिया, सचिव उर्गेन शाक्य तथा अन्य पदाधिकारी एवं सदस्यहरूले शोकपत्र प्रदान गर्दै दिवंगत राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
७८ वर्षीय चन्द्रकुमार राईको तीन दिनअघि धनकुटा नगरपालिका–७ स्थित निवासमा निधन भएको थियो।