लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद इराकी चयन, सेवा–केन्द्रित कार्यक्रमलाई प्राथमिकता

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १५:४५

विराटनगर / लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद इराकी अध्यक्षमा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष इराकीको नेतृत्वमा क्लबले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी, परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

अध्यक्ष इराकीले क्लबलाई अझ सक्रिय, पारदर्शी र सेवामुखी संस्थाका रूपमा विकास गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवा, सहकार्य र समर्पणलाई संस्थाको मूल आधार बनाउँदै सामाजिक हितका कार्यक्रमलाई थप विस्तार गर्ने उनको भनाइ छ ।

लामो समयदेखि समाजसेवा तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय इराकीको नेतृत्वमा लायन्स क्लब अफ विराटनगरले समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्दै सामाजिक सेवाका गतिविधिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास क्लबका पदाधिकारी तथा सदस्यहरूले व्यक्त गरेका छन् ।

यसैबीच, नवनिर्वाचित अध्यक्ष इराकीलाई विभिन्न सामाजिक संघसंस्था, शुभेच्छुक तथा प्रतिष्ठित व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।