कर्णालीका ३३ स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन, पूर्वसूचनामा चुनौती

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:०६

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ४६ स्थानीय तहमा मात्रै मौसम मापन केन्द्र सञ्चालनमा रहेका छन् भने बाँकी ३३ स्थानीय तहमा अझै केन्द्र स्थापना हुन सकेको छैन। मौसम मापन पूर्वाधारको अभावले स्थानीयस्तरको मौसम विश्लेषण तथा प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीमा चुनौती थपिएको छ।