Breaking Nepal

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला रु २,७०० र चाँदी प्रतितोला रु १७० ले वृद्धि भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार ४०० कायम भएको छ भने चाँदी प्रतितोला रु ४ हजार ५१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार ७०० र चाँदी रु ४ हजार ३४० मा कारोबार भएको थियो। त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार १०० तथा चाँदी रु ४ हजार ५०० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार १२० अमेरिकी डलर र चाँदी प्रतिऔँस ६० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






