प्रधानमन्त्री बालेन र रवि लामिछानेको सदनमा छोटो उपस्थितिः करिब २० मिनेटमै बाहिरिए

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १४:५९

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार प्रतिनिधिसभा बैठकमा संक्षिप्त समयका लागि उपस्थित भएका छन् ।

प्रतिनिधिसभाको बैठक चलिरहँदा राप्रपाकी सांसद खुस्बु ओलीले आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री बालेन र रवि सदनमा प्रवेश गरेका थिए । उनीहरू करिब २० मिनेटसम्म बैठकमा बसेपछि सदनबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री बालेन जेठ १७ गतेयता पहिलोपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन् । उनी केहीबेर बैठकमा सहभागी भए पनि लामो समय नबसी बाहिरिएका थिए ।

प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताको संक्षिप्त उपस्थितिले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको ध्यान खिचेको थियो । यद्यपि, उनीहरू सदनमा छोटो समय मात्रै बसेर बाहिरिएका छन् ।