Breaking Nepal

विराटनगर : सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। इटहरी उपमहानगरपालिका–५ निवासी ७५ वर्षीया पद्मकुमारी खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान कोशी लोकमार्गअन्तर्गत इटहरी–४ हलगडामा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख १३२८ नम्बरको ट्रकले बाटो काट्दै गरेकी खड्कालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनापछि ट्रक चालक संखुवासभाको धर्मदेवी नगरपालिका–५ निवासी २६ वर्षीय निमा जाङ्बु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकको लापरवाहीका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। चालकविरुद्ध थप अनुसन्धान भइरहेको छ।