Breaking Nepal

काठमाडौं – स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले महँगिएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ३७० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १३९ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।