Breaking Nepal

काठमाडौं / सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिबारे साझा धारणा बनाउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा छलफल हुने पार्टीका महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ । साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि छलफलमा सहभागी हुन निमन्त्रणा पठाइएको र नेताहरूसँग टेलिफोनमार्फत समेत समन्वय गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार सुनसरी घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक विश्वास कायम गर्ने विषयमा साझा राजनीतिक प्रतिबद्धता आवश्यक देखिएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो ।
प्रशासनले शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेका बेला सामाजिक रूपमा फैलन सक्ने द्वेष र तनाव न्यूनीकरणका लागि राजनीतिक दलहरूबाट संयुक्त सन्देश र अपिल जारी गर्ने उद्देश्यले बैठक बोलाइएको आचार्यले बताए ।