धनकुटा खेलकुद विकास समितिको उपाध्यक्षमा प्रीति आठपहरिया राई, कांग्रेसद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ ०७:२६

धनकुटा / कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति धनकुटाको उपाध्यक्षमा प्रीति आठपहरिया राईलाई मनोनयन गरेको छ।

उपाध्यक्षमा मनोनयन भएपछि नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राईलाई सम्मान गर्दै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमाल, पूर्वसंविधानसभा सदस्य एवं नेपाल महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोष राई, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सीता प्रधान तथा लोकतान्त्रिक खेलकुद महासंघ धनकुटाका अध्यक्ष शम्भु प्रधानलगायतले राईलाई खादा र माला लगाएर बधाई दिएका थिए।

जिल्ला सचिव विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका–५ का वडाध्यक्ष धनकुमार राई, वडा नं. ६ का वडाध्यक्ष मिलन खड्की, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ र दिलकुमार राई, नेपाली कांग्रेसका जिल्ला सदस्य रविन्द्र नेपाली, गोविन्द वाग्ले, रमेश बस्नेत र बुद्धिकान्त घिमिरे, वडा नं. ५ का निर्वाचित सदस्य गोविन्द राई तथा वडा नं. ६ की सदस्य कुसुम जोशी श्रेष्ठको सहभागिता रहेको थियो।

यस्तै, नेपाल तरुण दल धनकुटाका अध्यक्ष युवराज पराजुली, प्रजातन्त्र सेनानी संघ धनकुटाका अध्यक्ष दिनेश भण्डारी, नेपाल महिला संघ धनकुटाकी सचिव संगीता चापागाईं, सहसचिव जानका सुन्दास, धनकुटा नगर महिला संघकी सहसचिव कमला बस्नेत पाण्डे, कमला ठकुरी, शर्मिला बस्नेत, झरीला रिजाललगायतले पनि राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले जिल्ला खेलकुदको विकास, खेल पूर्वाधार विस्तार, प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन राईले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।