सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो, चाँदीको मूल्य पनि घट्यो

Breaking Nepal

सोमबार ,असार २२ , २०८३ ११:१४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार यही सुन प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६०५ रुपैयाँ रहेको चाँदी सोमबार चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।